काठमाडौं । भुटान र भारतले अन्तरिक्ष सहकार्य गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणमा क्रममा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानी समकक्षी छिरिङ तोग्बेबीच यस्तो सम्झौता भएको हो
।
तोग्बेले भुटान र भारतको ९ वटा सम्झौता भएको सार्वजनिक गरेका छन् । जसमा एक सम्झौता अन्तरिक्ष सहकार्य छ ।
अन्तरिक्ष क्षेत्रमा जोइन्ट प्लान अफ एक्सन गरिने र त्यसको लागि तालिम र आदानप्रदान कार्यक्रम हुने सम्झौता भएको भुटानी अखबार दि भुटनिजले उल्लेख गरेको छ ।
अन्तरिक्ष बाहेक भुटान र भारतले उर्जा, खेलकुद, खाद्य, औषधी लगायत क्षेत्रमा पनि सम्झौता गरेको छ ।
भुटानी प्रधानमन्त्री तोग्बेको भारत भ्रमण सकिएको चार दिनमा शुक्रवार थिम्पु आएका मोदी आज शनिवार भारत फर्किँदैछन् ।







प्रतिक्रिया