काठमाडौं । भारतको विपक्षी दल भारतीय राष्ट्रिय दल कांग्रेसले आफूसँग चुनाव प्रचार प्रसारका लागि पैसा नभएको बताएको छ । सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको नेताहरूले बताएका हुन् ।
कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा पार्टीका धेरै बैंक खाता रोक्का गरिएको थियो ।
‘हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,’ स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा काङ्ग्रेस नेता राहुल गान्धीले भने।
त्रिपन्न वर्षीय गान्धीले भने, ‘हामीसँग प्रचारका लागि पैसा छैन, हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न नसक्ने भएका छौँ । सरकारको नितीका कारण चुनाव लड्ने हाम्रो क्षमतामा क्षति पुगेको छ ।’







प्रतिक्रिया