काठमाडौं महानगरपालिकाको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीआज पनि आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन गरेका छन् ।

मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।

आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरे पनि महानगर प्रहरीले सडकमा रोकेका सवारीसाधन उठाएको थियो ।

महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार