काठमाडौं । बूढानीलकण्ठ वडा नम्बर २का अध्यक्ष राजेन्द्र श्रेष्ठले माता भैरव भोलेगाउँ सडकको ट्रयाक ओपन हुन लागेको बताएका छन् ।
वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार निकै लामो समयपछि यो सडकको ट्रयाक ओपन भएको हो ।
उनले भने, ‘यो सडक विगत लामो समयदेखि ट्रयाक ओपन हुन सकेको थिएन । तर, यो वर्ष ओपन हुँदैछ ।’
यस्तै वडामा हाल महादेव क्लोन पाइलट डाडाको सडक ढलान, धर्मशाला निर्माण, तरकारी बजार निर्माण, पञ्चकन्या मन्दिर निर्माणजस्ता कार्य भइरहेको उनले बताए ।
वडा कार्यालयको काम पनि करिब करिब सम्पन्न हुन लागेको उनले जानकारी दिए ।
यस्तै, वडाले हालै मात्र चपलीदेखि चुनीखेल जाने धोबीखोलाको पुलसम्म सार्वजनिक स्थानमा बत्ती राख्ने कार्य सम्पन्न गरेको छ ।






प्रतिक्रिया