आगामी वर्षको बजेट निर्माणमा प्रधानमन्त्री दाहालले दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमलम दहाल प्रचण्डले आव २०८१/८२ को बजेट निर्माणका लागि निर्देशन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकका क्रममा उनले आगामी वर्षको बजेट निर्माणसम्बन्धी १६ बुँदे निर्देशन दिएका हुन् ।
उनले आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिन भनेका छन् ।

बजेटको सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २० माघसम्म सबै मन्त्रालयसँग छलफल गर्नुपर्ने उनको निर्देशनमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयरनिकायगत छलफल सकिएपछि २५ माघभित्र सबै मन्त्रालयरनिकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाका बारेमा छलफल गर्ने तालिका बनाउन पनि भनेका छन् ।

हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्न उनको निर्देशन छ ।राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार