पूर्वमेयर शाक्यका पालमा कहाँ कति भए एम्बुलेन्स वितरण ?

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यको कार्यकालमा १५ वटा शवबहान र एम्बुलेन्स वितरण गरिएको छ ।

सूचना प्रेसलाई प्राप्त सूचनाअनुसार उनको कार्यकालमा काठमाडौंका धेरै चाप हुने ठूला अस्पताल, प्रहरी अस्पताल तथा उपत्यकाबाहिरका नगरपालिकालाई उल्लेखित सवारी साधन सहयोग गरिएको हो ।

महानगरबाट सहयोगस्वरुप शवबहान तथा एम्बुलेन्स पाउने संस्थाहरुमा शिक्षण अस्पताल नेपाल एपीएफ अस्पताल, काठमाडौं, वीर अस्पताल काठमाडौं गणेशमान सिंह मेमोरियल अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्त्पुर, भद्रपुर नगरपालिका, कीर्तिपुर नगरपालिका, सूर्यविनायक गरपालिका , क्षेत्रपाटी निःशुल्क चिकित्सालय, गोदावरी नगरपालिका ललितपुर छन् । अन्र्तमुखी भएका कारण पनि उनले गरेका कतिपय कार्य पर्दामा आउन सकेनन् ।

शाक्यको कार्यकालमा वितरित शवबहान तथा एम्बुलेन्स
शिक्षण अस्पताल काठमाडौं :२ वटा

नेपाल एपीएफ अस्पताल, काठमाडौं :२ वटा

वीर अस्पताल काठमाडौं ; १ वटा

गणेशमान सिंह मेमोरियल अस्पताल : १ वटा

नेपाल प्रहरी अस्पताल काठमाडौं :२ वटा

भक्तपुर क्यान्सर अस्पताल भक्तपुर : १ वटा
भद्रपुर नगरपालिका :१ वटा

कीर्तिपुर नगरपालिकालाई : १ वटा

सुर्यविनायक नगरपालिका : १ वटा

क्षेत्रपाटी निःशुल्क चिकित्सालय : १वटा

गोदावरी नगरपालिका ललितपुर : १ वटा

प्रतिक्रिया

सम्बन्धित समाचार