काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी–फेब्रुअरी महिनामा हुने आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरी सो जानकारी दिएको हो ।
यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा हुने भनिएकोमा यू १९ विश्वकप दक्षिण अफ्रिका सारिएको थियो ।
श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि यू १९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारिएको हो । दक्षिण अफ्रिका सरेपछि प्रतियोगिताको मिति पनि सरेको छ ।
आईसीसीले सोमबार परिवर्तित खेल तालिका सार्वजनिक गर्दै यू १९ विश्वकप डिसेम्बर १९ देखि फेब्रुअरी ११ सम्म हुने जनाएको छ ।







प्रतिक्रिया