प्यालेस्टिटानी लडाकू समूहको हमलामा केही नेपाली परेको हुनसक्ने सरकारको अनुमान

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले प्यालेस्टिटानी लडाकू समूह हमासले गरेको श्रृंखलावद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् ।

आज संसदलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हन् ।

उनका अनुसार इजरायलमा ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । जसमध्ये २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए ।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार