राज्य अधिकार प्रयोग विधिसम्मत नभएको रन्जु दर्शनाको स्पष्टोक्ति

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति प्रश्न उठाएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कसुर देखिए पक्राउ गर्न सकिने भए पनि त्यसका लागि कानुनी प्रक्रिया र प्रमाणलाई आधार बनाउनुपर्ने बताएकी हुन्।

दर्शनाले पक्राउका क्रममा कानुनले तोकेको विधि र प्रक्रिया पालना हुनुपर्नेमा जोड दिएकी छन्। उनले आरोप मात्रका आधारमा पक्राउ पर्याप्त नहुने भन्दै कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक पर्ने उल्लेख गरेकी छन्।

‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’

उनले कानुनको शासनको मूल मर्म नै राज्यका अधिकार प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार