ढल्यो,तीनतले घर

काठमाडौं ।  ललितपुरमा पहिरोका कारण साढे तीन तले एउटा घर पूर्ण रूपमा ढलेको छ। ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित प्रगति टोलमा सोमबार बिहान पहिरोले घर ढालेको हो।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुका अनुसार मन्जु कुमारी राईको घर पहिरोमा परी ढलेको हो। साढे तीन तले उक्त घर पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए।

हाछेथुका अनुसार सोमबार बिहान ५ बजेर ३८ मिनेटमा पहिरो गएपछि घर ढलेको हो। घटनामा मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार