सप्तकोशीमा पानीको बहाव बढेपछि…

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् ।

पछिल्लो विवरणअनुसार बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

यसैगरी, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने काम नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार