रोयल इन्फिल्डको ‘वान राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी

काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ।

देशभरका २२ वटा अधिकृत डिलरबाट सहभागी राइडरले विभिन्न स्थानमा एकैसाथ राइड गरेका थिए। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।

राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले एसोसिएसनका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई केवल मोटरसाइकल र यात्रासँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै जाने जानकारी दिए।

कम्पनीका अनुसार ‘वान राइड’को उद्देश्य देशभरका रोयल इन्फिल्ड राइडरलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार