काठमाडौं । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज भएको छ ।
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफीविरूद्ध परेको रिट खारेज गरिदिएको हो ।
टीकापुर हत्याकाण्डको मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद सजाय पूरा नहुँदै कैद छुट दिएपछि सो परेको थियो । रिट पीडित शारदा बोहरा कडायतले दायर गरेकी थिइन् ।
शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।



प्रतिक्रिया