काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो ।
अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो ।
औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्न पर्दा उघारे । तर कसैले पनि चित्त बुझाएनन् । आफूहरुले दिएको तस्विरभन्दा शालिकको अनुहार फरक परेको उनीहरुको गुनासो थियो ।
उनीहरुले मन्त्रीहरुलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ ।



प्रतिक्रिया