पहिरोले पर्वतको किम्रुङ खोला थुन्यो, सचेत रहन आग्रह

काठमाडौं ।  पर्वतमा किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार, राति ८ः४० बजे सूचना जारी गर्दै खोला पहिरोको कारण थुनिएकाले सचेतना अपनाउन आग्रह गरिएको हो ।

किम्रुङ खोला थुनिँदा नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीमा पस्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको हो ।

किम्रुङ खोला मोदी खोलाको शाखा खोला हो । यो खोला थुनिँदा कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्रमा समेत प्रभाव पर्ने बताइएको छ ।

पर्वत प्रशासनले मोदी नदी करिडोरमा आवागमन नगर्न समेत सूचना गरेको छ ।

प्रतिक्रिया