काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
”शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरूमाथि दमन किन भयो? नौजवानहरू किन मारिए? त्यसको जिम्मेवारी कसैले लिनुपर्दैन ? सत्यतथ्य बाहिर आउनुपर्दैन ?” उनले भनेका छन् ।
केही मानिसलाई पक्रिएको जस्तो गरेर सरकारको जिम्मेवारी पुरा नहुने उनको भनाइ छ । तत्कालीन सरकार नवयुवाहरूको भ्रष्टाचारमुक्त राज्य, जबाफदेही शासन, सुशासन र समान अवसरको मागलाई बुझ्न नसकेको उनले बताए । वर्तमान सरकारले पनि उनीहरूसँग गरेका वाचा अनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको थापाको भनाइ छ । “ती आक्रोश सरकारमा बस्ने हामीले बुझेनौँ । हामीले बुझेनौँ,” उनले भने, “ती मागहरू पूरा गर्ने जिम्मेवारी हामी सबैको हो ।”



प्रतिक्रिया