अध्यादेशमा प्रतिपक्षी दल एक ठाउँमा

सरकारले प्रतिनिधिसभा बैठक आह्वान गरेको २४ घण्टा नबित्दै स्थगन गरेर अध्यादेश ल्याउन खोजेपछि विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । सरकारले मंगलबार सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि उनीहरू एक ठाउँमा उभिएका हुन् ।

संसदमा एकल बहुमतको सरकारले संसद छलेर अध्यादेश ल्याउन खोजेपछि मात्र विपक्षी दलहरूले साझा धारणा बनाएका छन् । तर, उनीहरूको यो एकता अझै साँघुरो र अधुरो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार