प्रधानसेनापतिद्वारा समसामयिक विषयमा छलफल छलफल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उहाँले मङ्गलबार छलफल र अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जेएनजी आन्दोलनबाट देश संकटकालीन अवस्थामा पुगेका बेला सेनाकै सकारात्मक भूमिकाका कारण नेपालमा निर्वाचन सम्पन्न भएको छ । र केही दिनमा जनताबाट निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा सरकार बन्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार