देशभरका निजी विद्यालयका शिक्षकले आन्दोलन गर्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ ।

समितिले भोलि १९ गतदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमहरू अन्तर्गत भोलि बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकामहरूमा आन्दोलनरत संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार