ट्रम्पविरुद्धको सजाय उल्टियो

काठमाडौं । अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरेको अपिलमाथि सुनुवाइ गर्दै यसअघि उनीमाथि लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय उल्टाइदिएको छ।

न्यायाधीश आर्थर एन्गोरोनले सन् २०२४ फेब्रुअरीमा ट्रम्पविरुद्ध फैसला सुनाउँदै ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख अमेरिकी डलर तिर्न आदेश दिएका थिए । ट्रम्पसँगै छोराहरु एरिक र डन जुनियर प्रत्येकलाई ४० लाख डलर भन्दा बढी रकम बुझाउन भनिएको थियो ।

न्यायाधीश एन्गोरोनले ट्रम्प र उनको कम्पनीले गैरकानुनी रूपमा आफ्नो सम्पत्ति वृद्धि गरेको र अनुकूल बैङ्क ऋण वा बीमा सर्त प्राप्त गर्न सम्पत्तिको मूल्यमा हेरफेर गरेको ठहर गरेका थिए।

बिहीबार न्युयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले उक्त फैसलालाई सदर गरेको थियो, तर जरिवानाको आकार ‘अत्यधिक’ भएको र यसले ‘संयुक्त राज्य अमेरिकाको संविधानको आठौं संशोधनको उल्लङ्घन’ गरेको फैसला सुनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार