काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजको व्यवस्थापनलाई लिएर अभियोग दायर भएको छ ।
तर, उनले सामाजिक सञ्जालमार्फत् आफू निर्दाष रहेको दाबी गरिरहेका छन् ।
ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्।
अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए।
छयहत्तर वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आगमी राष्ट्रपतिको चुनावको दौरानमा रहेका उनले चुनावलाई लक्षित गरी आफूमाथि हिलो छ्याप्ने काम भएको प्रतिक्रिया दिएका छन् । उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन्।







प्रतिक्रिया