इन्दिरा गान्धिको हत्या दिवस मनाउनेबारे विदेशमन्त्री जयशंकरको कडा टिप्पणी

काठमाडौं । भारतका विदेशमन्त्री जयशंकरले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धिको हत्या दिवस मनाउनेबारे कडा टिप्पणी गरेका छन् ।

अपरेसनब्लु स्टारको ३९औ वार्षिकोत्सवको केही दिनअघि क्यानडाको ब्रम्पटन सहरमा निकालिएको जुलसबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।

यो यात्रामा इन्दिरा गान्धीको हत्याको दृश्य चलिरहेको गाडीमा देखाइएको थियो ।

उल्लेखनीय कुरा के छ भने, ३१ अक्टोबर १९८४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका दुई सिख सुरक्षाकर्मीले गोली हानी मारेका थिए ।

यसअघि सन् १९८४ जुनमा भारतीय सेनाले अमृतसरको गोल्डेन टेम्पलमा सिख चरमपन्थीविरुद्ध सैन्य कारबाही गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार