काठमाडौँ । मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ ।
मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
केही नयाँबाहेक अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माणको नीति लागू, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी बीमा, सिँचाइमा जोड, चक्लाबन्दी खेती लगायतको नीति लिएको छ ।
त्यस्तै एक नागरिक एक विरुवा कार्यक्रम, नदीको किनारामा वृक्षरोपण, चुरे क्षेत्रमा पानी रिचार्जका लागि ड्याम निर्माण नीति तथा कार्यक्रममा समेटिएको छ ।







प्रतिक्रिया