काठमाडौं । रुस– युक्रेन युद्धमा मध्यस्थता गरिरहेको दक्षिण अफ्रिका अकल्पनीय रुपमा फसेको छ । रुस युद्धमा तटस्थ रुपमा देखिने प्रयास गरिरहेको दक्षिण अफ्रिका पछिल्लो समय रुसको पक्षमा देखिएको छ । जसका कारण पश्चिमा मुलकको तगारो बनेको छ । जसका कारण यो देशको मुद्राको मूल्य विस्तारै गिरावट भइरहेको छ ।
यसै हप्ता केपटाउनमा सम्पन्न बिक्स समूहको विदेश बैठकमा पनि यो विषयले स्थान पाएको छ । रुस युद्धमा दक्षिण अफ्रिका तटस्थ रहने प्रयास गरे पनि रुसका पक्षमा खुलेको उनीहरुको आरोप छ।
केप टाउनमा रुसका अधिकारी इरिना फिलाटोवाले दक्षिण अफ्रिका रुसको पक्षमा खुलेको बताए । उनले भने, ‘ दक्षिण अफ्रिका रुसको पक्षमा खुलेको छ । यसमा कुनै शंका छैन । अब पश्चिमी मुलुकले हात निकाल्दै छन् ।’
यस्तै, अमेरिकी एक अधिकारीले दक्षिण अफ्रिकाले रुसलाई हतियार दिएको आरोप लगाए । जसको परिणमस्वरुप अमेरिकाले व्यापार बन्द गर्न सक्ने आकलन गरिएको छ ।
तर,दक्षिण अफ्रिकी एक अधिकारीले अमेरिकाले आफूहरुलाई झुकाउन खोजेको आरोप लगाउँदै भने, ‘ यस्तो हुन सक्दैन । यो जियो पोल्टिक्स हो ।’







प्रतिक्रिया