अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै

काठमाडौं । नेपाल महर्षि वैदिक फाउन्डेसनले अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्ने भएको छ ।

फाउन्डेसनले राजधानीमा पत्रकार सम्मेलन गरी यही कातिक २१देखि २५सम्म सो महायज्ञ गर्न लागिएको जानकारी दिएको हो ।

फाउन्डेसनका अनुसार महायज्ञ भृकुटीमण्डप, काठमाडौंमा हुनेछ ।

नेपालको संमृद्धि र शान्तिका लागि विराट महायज्ञ गर्न लागिएको फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया