ChadkeNepal
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • प्याब्सन स्कुल
  • अन्तर्वार्ता
  • खेलकुद
  • प्रदेश
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • विचार
  • साहित्य

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

२१ जेष्ठ २०८०, आईतवार
काठमाडौँ ।विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गर्नुभयो । प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उहाँको भनाइ थियो । प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिनुभएको थियो । उहाँले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अङ्कित मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गर्नुभएको थियो । —

प्रतिक्रिया

सम्बन्धित समाचार

सर्बियामा विद्यार्थी आन्दोलनको चुनावी सफलता, भुचिचले स्वीकारे हार

इरानको आणविक हतियारबारे ट्रम्प र ओबामाबीच भनाभन

किम किन गए चीन ?

पड्का बनाउने क्रममा मृत्यु

फ्रान्समा विद्रोह चर्किँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

इरानी सेनाद्वारा ७ जहाजमा क्षति

ताजा अपडेट

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

सिटिजन्स बैंक र रामाडा एन्कोर, होटल हिमालयन होराइजन र पान्क बाइकबीच सम्झौता

रास्वपाले स्थानीय तहका उम्मेदवारलाई के-के विषयमा दिँदैछ प्रशिक्षण ?

कामना सेवा बैंकद्वारा डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

नेसनल लाइफ बन्यो कर्णाली याक्सको इन्स्योरेन्स पार्टनर

डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकले एनपीएलका खेल नि: शुल्क हेर्न पाउने

ChadkeNepal

चाबहिल, काठमाडौं, नेपाल

सम्पर्क

दूत मिडिया प्रालिद्वारा संचालित


सम्पादक :बिन्दा दाहाल
सूचना विभाग दर्ता नं : ४४७५-२०८०/२०८१

समाचारका लागि: nchadke@gmail.com
बिज्ञापनका लागि: nchadke@gmail.com

Follow Us

ChadkeNepal

Copyright © 2022 chainjokhabar.com. All rights reserved.

Design & Developed By : Journey For Tech Pvt.Ltd.