ChadkeNepal
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • प्याब्सन स्कुल
  • अन्तर्वार्ता
  • खेलकुद
  • प्रदेश
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • विचार
  • साहित्य

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

June 4, 2023
काठमाडौँ ।विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गर्नुभयो । प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उहाँको भनाइ थियो । प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिनुभएको थियो । उहाँले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अङ्कित मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गर्नुभएको थियो । —

प्रतिक्रिया

सम्बन्धित समाचार

लागुपदार्थ तस्करी गर्ने पाइलट को हुन् ?

२०औँ एसियाली खेलकुद : नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदै

म मानिसको ज्यान लिन चाहन्नँ : ट्रम्प

अमेरिका प्रवेशमा नेपालसहित ५० देशका नागरिकलाई कडाइ(सूचीसहित)

साउन १७ र १८ गते भारी वर्षा हुनसक्ने सम्भावना क्षेत्र कुन कुन हुन् ?

बिम्स्टेकलाई जनकेन्द्रित, समावेशी र प्रभावकारी बनाउन जोड

ताजा अपडेट

भोलि १२ घण्टा विद्युत सेवा अवरुद्ध

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

लागुपदार्थ तस्करी गर्ने पाइलट को हुन् ?

कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद ५ जना नाम ‘सर्टलिस्ट’मा

एनआइबीका सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ChadkeNepal

चाबहिल, काठमाडौं, नेपाल

सम्पर्क

दूत मिडिया प्रालिद्वारा संचालित


सम्पादक :नारायण प्रसाद निरौला
सूचना विभाग दर्ता नं : ४४७५-२०८०/२०८१

समाचारका लागि: nchadke@gmail.com
बिज्ञापनका लागि: nchadke@gmail.com

Follow Us

ChadkeNepal

Copyright © 2022 chainjokhabar.com. All rights reserved.

Design & Developed By : Journey For Tech Pvt.Ltd.