काठमाडौं । विश्व हिन्दु महासंघले बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आडमा सनातन हिन्दु धर्मावलम्बीमाथि हमलाप्रति आपत्ति जनाएको छ ।
महासंघले बंगलादेशी हिन्दू धर्मावलम्बीहरुको घर तथा गाउँमा आगो लगाइदिने, मठ मन्दिर ध्वस्त पारिदिने, कुटपिट र हमला गर्नेजस्ता अराजक आततायी दुष्कर्म भएको भन्दै सोको निन्दा एवं भत्र्सना गरेको छ ।
‘बंगलादेशमा धार्मिक अल्पसंख्यक हिन्दु सनातन परिवार माथि भइरहेका यस्ता दुष्कर्महरु तुरुन्तै बन्द गराई धार्मिक सद्भाव कायम गरी मानव अधिकारको रक्षाको लागि विशेष पहल गर्न बंगलादेश लगायत विश्वभरिका मुस्लिम धर्मगुरुहरु, मानव अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रियरअन्तर्राष्ट्रिय संघरसंगठन, बंगलादेशका वर्तमान सेना प्रमुख र संयुक्त राष्ट्र संघसँग अनुरोध गर्दछौं,’ महासंघका महासंघका महासचिव शम्भुहरि बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशमा स्थायी बसोबास गरिरहेका हिन्दु सनातनी जनताको पूर्ण सुरक्षाका साथसाथै अध्ययन लगायत अन्य विभिन्न प्रयोजनका लागि अहिले बंगलादेशमा रहेका नेपाल, भारत लगायत देशका सम्पूर्ण हिन्दु सनातनी नागरिकहरूलाई सुरक्षित रूपमा बसोबास, पेशा व्यवसाय र अध्ययन गर्न पाउने हकको सुरक्षाका लागि सक्रियतापूर्वक पहल गर्न नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’







प्रतिक्रिया