काठमाडाैँ । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७ औँ मिनेट र मिकेलले ८६ औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३ औँ मिनेटमा गोल गरेका थिए ।
योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ ।
त्यस्तै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ । स्पेनले यसअघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।








प्रतिक्रिया