पाँच दर्जन बढी यात्रु बाेकेका दुइ बस त्रिशूलीमा बेपत्ता

आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको तर त्यसकाे नम्बर खुल्न नसकेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परी नदीमा खसेका थिए ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको छ । यात्रुहरूको यकिन विवरण आउन बाँकी रहेको छ । दुवै बसमा सवार  यात्रुहरुको अवस्था र पहिचान अज्ञात रहेकाे छ ।

प्रतिक्रिया