काठमाडौं । नेदरल्याण्डलाई हराउँदै इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो।
सन् १९६६ को विश्वकपको फाइनल र वेम्बलीमा युरो २०२० फाइनल खेलेपछि इङ्ल्यान्डले पहिलो पटक विदेशी भूमिमा फाइनल खेल्ने भएको छ। अघिल्लो युरोको फाइनलमा इंग्ल्यान्ड घरेलु मैदानमा इटालीसँग स्तब्ध भएको थियो।
१८ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गोल फर्काउन सफल भयो। प्राप्त पेनाल्टीमा ह्यारी केनले गोल गरेका थिए। पहिलो हाफमा इंग्ल्यान्ड हावी रह्यो। उसका फिल फोडेनको एउटा लामो दूरीको प्रयास पोस्टमा लागेको थियो।






प्रतिक्रिया