नेपाली सेनामा भर्ना भएका ३ हजार आठ सय ८७ जनशक्तिको आधार तालिम पूरा

काठमाडौं । नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार