काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसद्हरुलाई सत्ता गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ गरेका छन् ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले यस्तो ब्रिफिङ गरेका हुन् ।
कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।
त्यसबेला आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे । तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रचण्डले बताए ।
उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताए । यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ ।




प्रतिक्रिया