युरो कप २०२४ को सेमिफाइनल खेलकाे टुङ्गो लाग्याे , कुन कुन टिम छनाेट भए

काठमाडौँ  जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ ।

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् ।

अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २-१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि स्पेनले आयोजक जर्मनीको चुनौती समाप्त गरेको थियो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टीसुटआउटमै हराएको हाे ।

जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरो जितेको थियो । फ्रान्सले भने १९८४ र २००० मा उपाधि जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेका हुन् । २०२१ को युरोमा स्पन सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो भने इंग्ल्याण्ड फाइनलसम्म पुगेको थियो । तर इंग्ल्याण्ड पेनाल्टीसुटआउटमा  इटलीसँग अपराजित भएको थियो ।

फ्रान्स भने २०१६ पछि पहिलाे पटक  सेमिफाइनलमा पुगेको हो । त्यसबेला फ्रान्स घरेलु मैदानमै फाइनलमा पोर्चुगलसँग अपराजित भएको थियो ।

नेदरल्याण्ड्स भने २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको हो । सन् २००४ मा सेमिफाइनल खेलेको नेदरल्याण्ड्स पोर्चुगलसँग अपराजित भएको थियो । सन् १९८८ मा युरो जितेको नेदरल्याण्ड्स ३६ वर्षपछि युरो उपाधि जित्ने दाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार