काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा मुस्कान खातुन जिनत खातुन र अजमेरी खातुन रहेका छन् । उनीहरु १० देखि १२ वर्ष उमेरका रहेकाे प्रहरीकाे भनाइ छ ।
उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







प्रतिक्रिया