प्रहरी हत्यामा जेल बसेर छुटेका गुण्डा नाइके सुरेन्द्र पुनः पक्राउ

काठमाडौं ।२०६१ मा ड्युटीमै खटिएका प्रहरीमाथि नै खुकुरी प्रहार गरेर हत्या गर्ने सुरेन्द्रमहर्जन १० वर्ष जेल बसे । उनी जेलबाट छुट्दा भने गुण्डागर्दीमाथि प्रहरी हस्तक्षेप तीव्र पारिएको थियो । त्यही माहोल बुझेर गुमनाम हुन खोजेका महर्जन पछिल्लो समय भने फेरि गुण्डागर्दीकै कर्ममा फर्किएका छन् ।

ललितपुरको चुनिखेलमा भएको खुकुरी प्रहार घटनामा उनको संलग्नता देखिएको छ । असार ७ मा रेष्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार भएको थियो ।

चुनिखेलमा निर्माणाधीन बानियाँको रिसोर्टमै ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ हात छिनालिनबाट थोरैमात्रै जोगिएको छ भने दायाँ खुट्टा र तिघ्रामासमेत गहिरो घाउ छ ।

प्रहरीको अनुसन्धानका क्रममा घटनामा भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको मूख्य योजना रहेको खुलेको छ ।

केसीको सहयोगीका रुपमा सुरेन्द्र महर्जनसमेत जोडिएको फेला परेको हो । हाल केसीसहित सुरेन्द्र महर्जन, लालबहादुर तामाङ ललितपुर प्रहरीको थुनामा छन् ।

 

प्रतिक्रिया