काठमाडौं । जारी युरोकपको क्वाटरफाइनलमा इङल्याण्ड पुगेको छ । गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो । इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो
खेलको ९१ औँ मिनेटमा ह्यारी केनले र खेलको ९५ औँ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका हुन। यसअघि खेलको २५ औँ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।








प्रतिक्रिया