काठमाडाैँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेसँगै आगामी असार २२ गते तय गरी चुनाव स्थगित भएको छ ।
चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रियाको तयारी हुँदै गर्दा विवाद सिर्जना भएपछि चुनाव स्थगित भएको हो ।
‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवाररको मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा असहज वातावरणका कारण तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसकेको जानकारी गराइन्छ,’ पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच महासंघले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध गरेको जनाकारी गराएको छ ।








प्रतिक्रिया