बाइडेन र ट्रम्प बहस नेपालीको चासो अध्यागमन नीतिमा

काठमाडाैँ । बिहानैदेखि अमेरिकी अखबार आज हुने जो बाइडेन र डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित टेलिभिजन बहसको समाचारले भरिभराउ छन् । पूर्व र वर्तमान राष्ट्रपति एटलान्टामा तयार पारिएको सीएनएनको सेटमा बहस गरिरहेका छन् ।द न्यूयोर्क टाइम्स अखबारले यो बहसलाई ‘रिम्याच’ अर्थात पुनर्प्रतियोगिताको संज्ञा दिएको छ । केही नयाँ नियमसहित हुन लागेको यो बहस ९० मिनेटसम्म चल्ने जनाइएको छ दर्शकको सहभागिता बिना हुन लागेको यो बहसमा राष्ट्रपतीय उम्मेदवारका दुबै आकांक्षीलाई निर्धारित समयसम्म बोल्न दिइनेछ र समय पुरा भए माइक अफ गरिनेछ । अमेरिकी अखबारले यसपटकको राष्ट्रपतीय बहसमा अध्यागमन, गर्भपतन र अर्थतन्त्रका मुद्दाले प्राथमिकता पाउने विश्लेषण अपेक्षा गरेका छन । अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए । बाइडेन डेमोक्रेट र ट्रम्प रिपब्लिकन उम्मेदवार हुन् । चुनावअघि उम्मेदवारहरुका एजेण्डा र धारणा सबैले थाहा पाउन् भन्ने उद्देश्यले उनीहरुसँग प्रत्यक्ष बहस गर्ने चलन छ । त्यसलाई विश्वभरबाट चासोका साथ हेरिन्छ ।

अमेरिकामा रहेका आप्रवासी समुदायको खास चासो अध्यागमन नीतिमा छ । अनलाइनखबरले भेटेका मेरिल्याण्ड राज्यका अधिकांश नेपालीको चासो अध्यागमन नीतिलाई लिएर हुने देखिन्छ ।

बहसको प्रसारणको समयमा प्रायः नेपालले रेष्टुरेन्ट र घरमै कार्यक्रम हेर्ने योजना बनाएका छन । तीमध्ये एक डेमोक्र्याटिक पार्टीको तर्फबाट मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी सँग कुरा गर्दा नेपालीको चासो अध्यागमन नीतिलाई लिएर हुने बताएका छन ।

प्रतिक्रिया