गर्मीका कारण अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मूर्ति पग्लियो

काठमाडौं । भीषण गर्मीका कारण अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको मूर्ति पनि पग्लिएको छ ।

राजधानी वासिंटनमा रहेको सो मूर्तिको टाउको, खुट्टा र राखिएको कुर्सीमा पनि असर गरेको छ ।

त्यहाँ करिब १०० डिग्री फरेनहाइटको हाराहारीमा तापक्रम रहेको बताइएको छ । सो मूर्ति मोमबाट बनाइएको जनाइएको छ ।

डीसीमा अघिल्लो साताको अन्त्यदेखि यो साताका लागि यसअघि नै हिट इमर्जेन्सी घोषणा भएको थियो ।

प्रतिक्रिया