काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांगुई०६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ ।
चन्द्रमाबाट ल्याइएको नमुना ग्रह निर्माणका बारेमा महत्त्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुन सक्ने वैज्ञानिकहरूले जनाएका छन् ।
विभिन्न देशहरूले चन्द्रमामा मानिस बस्न सक्नेरनसक्नेबारे अनुसन्धान गर्नका लागि पनि विभिन्न समयमा यानहरू पठाइरहेका छन् । चन्द्रमामाको सुदूर हिस्सामा यान पठाउने भने चीन एक्लो मुलुक हो ।
चन्द्रमामा हिउँको अंश भएको वैज्ञानिकहरूले आशंका व्यक्त गर्दै आएका छन् । जसबाट अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत पुग्न सक्छ ।
सिन्ह्वाका अनुसार दक्षिणी एटलान्टिक महासागरको करिब ६ हजार किलोमिटर माथिको दूरीमा ुरिटर्नरु ुअर्बिटरु बाट छुट्टिएको थियो । पृथ्वीको वायुमण्डलमा ुक्याप्सुलु मंगलबार दिउँसो १ः४१ बजे प्रवेश गरेको पनि सिन्ह्वाले जनाएको छ । जमिनी सतहको करिब १० किलोमिटरमाथि प्यारासुट खुलेको र पूर्वनिर्धारित स्थानमा ुरिटर्नरु अवतरित भएको थियो ।
चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । उक्त यान चीनले मे महिनाको पहिलो साता चीनको हैनान प्रान्तमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चन्द्रमामा पठाएको थियो ।







प्रतिक्रिया