गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

हिजो मुख्यमन्त्रीको विश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पाण्डेले फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया