काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै नेताले कसैलाई बोकेको भए भुँइमा राख्न आग्रह गरेका छन् ।
शनिबार जिल्ला कमिटीको अधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘स्वस्थ प्रतिस्पर्धा नहुने, एक जनाले अर्को बोक्ने, अर्काले अर्को बोक्ने अनि नेताले प्रेस्टिज इस्यु बनाएर एउटालाई ढाल्नुपर्ने, अर्कोलाई उठाउनुपर्ने यो खालको कुराले पार्टीमा राम्रो गर्दैन’, उनले भने, ‘त्यसकारण कृपया नेताहरु कोही बोक्नुभएको छ भने बालक कोही छैन, भुइँमा राख्नुस्, काँधमा बोक्नुपर्दैन ।’
नेताले आपसमा मिलाउनुपर्ने भन्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई भोट हाल्न दिनुपर्ने बताए । ‘मिलाउनुहुन्छ भने नेताहरुले मिलाए हुन्छ, प्रतिस्पर्धा गर्ने हो भने भोट हाल्न कार्यकर्तालाई दिनुस् अरु कुरा नगर्नुस्’, उनले भने ।


प्रतिक्रिया