काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताएको बताएका छन्।
शुक्रबार बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीसँग छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरू प्रदेशलाई तारो बनाइरहेको टिप्पणी गरे।
उनले भने, ‘यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ। यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरूको आक्रमणको तारो प्रदेश भएको छ।’


प्रतिक्रिया