रुकुम पश्चिममा भीरबाट लडेर शिक्षकको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा भिरबाट लडेर बाल कल्याण माध्यमिक विद्यालय टोड्केका शिक्षकको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका १० पेउघास्थित बाल कल्याण माध्यमिक विद्यालय टोड्केका शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।

खड्का बुधबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा घर नजिकैको भिरबाट लडेको विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले जानकारी दिए।

लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो।

अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

२०५३ सालदेखि शिक्षण पेशामा रहेका उनी हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक थिए।

प्रतिक्रिया