मापासे गरी सवारी साधन चलाउनेहरु ट्राफिक स्वय‌सेवकमा

काठमाडौं । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने र विभिन्न ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजैदेखि ट्राफिक स्वयंसेवकमा खटिएका छन् ।

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको हो।

बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बुधबार सिंहदरबार आसपासका सडक क्षेत्रमा स्वयंसेवक खटिएका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने बताएका थिए।

प्रतिक्रिया