गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनेपछि राजीनामा नमाग्ने कांग्रेसको आश्वासन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने बताएको छ ।

यसअघि शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका गरेका थिए ।

सोको जवाफ मेटाउन र सत्तारुढ दललाई सहजताका लागि यस्तो बताएको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरण परिवर्तन भएपछि गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बन्न नसक्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया