गुजरातलाई पराजित गर्दै चेन्नाइ आईपीएलको उपाधि चुम्न सफल

काठमडौं ।  गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

चेन्नाइको यो पाँचौं उपाधि हो ।

२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो ।

राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो ।

पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो ।

यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार