काठमाडौं । नागरिक उड्डयन मन्त्रालयले नेपालमा एकजना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको जनाएको छ । मन्त्रालयका अनुसार जुन सन् २०२२ भन्दा थोरैले बढी हो ।
सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा औसत बसाइ १३१ दिन रहेको थियो । सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।




प्रतिक्रिया