सुवा बाढीपीडितका लागि सल्लेरी च्याल्सा विद्युत कम्पनीको ५ लाख सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले पाँच लाख सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ १४ गते पठाएको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड सोलुखुम्बुका अध्यक्ष राजु पाख्रिनले जानकारी दिए ।

रसुवा बाढीपीडितको दुःखमा साथ दिन साथै बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको उनको भनाइ छ ।

कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको कम्पनीले जनाएको छ ।
सल्लेरी जाल्सा विद्युत कम्पनी लिमिटेडको यस सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार