सलाम नगरेको भन्दै अर्थमन्त्रीका अंगरक्षकले कुटे जवान

काठमाडौं । अर्थ मन्त्रालयमा आफूलाई सलाम नगरेको भन्दै प्रहरी हवलदारले प्रहरी जवानलाई कुटपिट गरेको खुलेको छ ।

सिंहदरबार प्रहरी स्रोतका अनुसार मंगलबार बिहान अर्थमन्त्री वर्षमान पुनका गाडीचालक प्रहरी हवल्दार उज्जवल भण्डारीले सलाम नगरेको भन्दै एक प्रहरी जवानलाई कुटपिट गरेका हुन् ।

कुटाइ खाने अर्थमन्त्रालयभित्र सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंह हुन् ।

प्रतिक्रिया